एनआईसी एशिया बैंकले ल्यायो सुपर सिक्स योजना, मोवाइल बैंकिङबाट ६ पटक कारोवार गर्दा ६ प्रतिसत फिर्ता पाइने « Arthapath.com
९ भाद्र २०७७, मंगलवार

एनआईसी एशिया बैंकले ल्यायो सुपर सिक्स योजना, मोवाइल बैंकिङबाट ६ पटक कारोवार गर्दा ६ प्रतिसत फिर्ता पाइने



काठमाडौं । कोरोना भाइरसका कारण मुलुकको अधिकांस स्थान निषेधाज्ञा र लकडाउनमा छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंककले बैंकका ग्राहाकहरुलार्य घरमै बसेर मोवाइल बैंकिङ मार्फत बैंकिङ सेवा लिन भनेको छ । यसै सन्र्दभमा एनआईसी एशिया बैंकले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ ।

यस ‘सुपर सिक्स योजना’ अनुसार ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा ५ सयसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन । यो योजना २०७७ भाद्र ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम १०० सम्मको कारोबार ग्राहक महानुभावहरूले गर्नुपर्ने व्यवस्था रहेको छ ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहेको एनआइसि एसिया बैंकले १५ हजार भन्दा बढी त्तच् ःभचअजबलतक मार्फत विद्युतीय कारोबार गर्दै आएकोमा कोरोना भाइरसको यस्तो परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ्गमार्फत गर्न ग्राहकहरूलाई प्रोत्साहन गर्न यस्तो योजना ल्याएको हो ।

ग्राहकहरूले बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ । यस योजनामा मोबाइल बैंकिङ्गमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन ।

यस बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै समयअनुरुप ग्राहकमैत्री एवं प्रोत्साहनमुलक योजनाहरू ल्याउदै आएको सर्वविदितै छ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्