रक्षामन्त्री पोखरेलका सम्धी कोइरालालाई वाणिज्य बैंक प्रवेशमा किन रोकियो ? « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

रक्षामन्त्री पोखरेलका सम्धी कोइरालालाई वाणिज्य बैंक प्रवेशमा किन रोकियो ?



काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी प्रा. डा. उपेन्द्र कोइरालाको नियुक्ती हाललाई टरेको छ । १ साताअघि शुक्रबारै कोइरालालाई सरकारले राष्ट्रिय वाणिज्य बैंकको संचालकमा नियुक्त गरेको चिट्ठी बैंकमा पठाएपनि उनको हालसम्म नियुक्ती भएको छैन ।

बैंकमा चिट्ठी आइपुगेको १ साता भयो बुधबारलाई तोकिएको राष्ट्रिय बाणिज्य बैंकको बोर्ड बैठक विहिबार बस्यो । तर कोइरालालाई नयाँ संचालकको सपथ र जिम्मेवारी बहन गराइएन । सरकारले वाणिज्य बैंकमा अध्यक्ष रहेका निर्मलहरी अधिकारीलाई राजस्व बोर्डको सदस्य बनाएको थियो । बिहिबारको बोर्ड बैठकमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले अध्यक्षता गरेका थिए ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले विहिबार संचालक समितिको बैंठक बसेको बताए । नयाँ बोर्ड सदस्य कोइरालाको सपथ भने नभएको श्रेष्ठले बताए । सरकारले सदस्यमा नियुक्त गरेको कोइरालाको सपथ बुधबारै हुने कार्यक्रम थियो तर विहिबार बसेको बोर्ड बैंठकले अन्य विषयमा छलफल भएको थियो । सीईओ श्रेष्ठले भने आगामी बैंठकमा नयाँ संचालकको नियुक्ती हुने नहुने बारेमा कुनै निर्णय नभएको बताए ।

गतसाता सोमबार बसेको मन्त्रीपरिषद बैठकले डा. उपेन्द्र कोइरालालाई संचालकमा नियुक्त गरेको थियो । कोइराला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी नातेदार हुन । सुरुदेखीनै ७ औंपटकसम्म सरकारी नियुक्ती खाइसकेका कोइराला कहिँपनि पारदर्शी काम गर्न नसकेकोले उनको नियुक्ती विवादरहित बन्न सकेन ।

बहालवाला मन्त्रीका सम्धी भएकाले उनलाई वाणिज्य बैंकको अध्यक्ष बनाउन लागिएको भन्दै बजारमा मिडियामा र चर्को आलोचना भएको थियो । वाणिज्य बैंकमा कोइरालाको नियुक्तीलाई लिएर सामाजीक संजालमा तिब्र आलोचना भएको थियो ।


प्रतिक्रिया दिनुहोस्