डाटा भेरीफाइ नहुँदा समाज लघुवित्तको आइपिओ शनिबार बाँडफाँड नहुने, लिवर्टीका आवेदकलाई न्यूनतम ४० कित्ता « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

डाटा भेरीफाइ नहुँदा समाज लघुवित्तको आइपिओ शनिबार बाँडफाँड नहुने, लिवर्टीका आवेदकलाई न्यूनतम ४० कित्ता



काठमाडौं । १ सय ४८ गुणाभन्दा बढीको आवेदन परेको समाज लघुवित्तको आईपिओ शनिबार बाँडफाँड नहुने भएको छ । समाज लघुवित्तको आइपिओ शनिबार बाँडफाँड गर्ने तयारी थियो । शुक्रबार मात्रै बाँडफाँडको लागी धितोपत्र बोर्डमा पेश भएकाले डाटा भेरीफाइ हुन नसक्दा शनिबार बाँडाफाँड नहुने संभावना रहेको छ ।

सिडिएसका सिईओ पुर्ण आचार्यका अनुसार समाज लघुवित्तले शुक्रबार पनि ढिला फाँडफाँड गरीपाउँ भनि आवेदन दिएकाले शनिबार अनिष्चित भएको हो । सकेसम्म शनिबार पनि काम गरेर भएपनि बाँडफाँड नरोक्ने तयारीमा सेवन रहेको आचार्यले बताए । समाज लघुवित्तले १ साता अघि विहिबारदेखी सोमबारसम्म ८० हजार ७ सय कित्ता सेयर विक्री गरेको थियो ।

शनिबार लघुवित्तको आइपिओ बाँडफाँडको तयारी सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले गरेको थियो । डाटा भेरीफाइको समय अपुग भएकाले शनिबार सेयर बाँडफाँड हुने संभावना छैन । लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । कर्मचारीलाई १ हजार र ४ हजार ३ सय कित्ता सेयर सामुहिक लगानी कोषको लागी छुट्याइएको थियो ।

लघुवित्तले ८० हजार ७०० कित्ता आइपिओ विक्री गरेको थियो । सो आइपिओमा १४८.५६ गुणा आवेदन परेको थियो । आइपीओमा ५ लाख ६४ हजार १३८ जनाले १ करोड १९ लाख ८९ हजार ८० कित्ता सेयर खरिदको लागि आवेदन दिएका थिए ।

त्यसैगरी लिवर्टी इनर्जी प्रालिको आइपिओ सोमबार बाँडफाँडको तयारी भएको सेयर निष्काशन तथा विक्री प्रवन्धक एनआएविएल एस क्यापिटलका डेपुटी सिईओ मेख थापाले बताए । लिवर्टीले ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर १० गतेदेखी १४ गतेसम्म सेयर निष्काशन गरेको थियो ।

कम्पनीले जारी पुँजीको २५ प्रतिशतको ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाहरुको लागि निष्कासन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत जोडेर सर्वासाधारणलाई आइपिओ निष्कासन गरेको थियो । लिवर्टीले प्रिअलर्तमेन्ट गरिसकेको पनि थापाले बताए । लिवर्टीको सेयरमा आवेदकले नियुनतम ४० कित्ता सेयर पाउने र त्यसबाट गोलाप्रथा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्