अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने



काठमाडौं । एक बैंकको एटिएमबाट अर्को बैंकको एटीएममा पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ । यो समस्या केहि समयका लागि मात्रै नभएर सधैको लागि टरेको हो ।

शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले यस्तो ब्यवस्था गरेको हो ।

यो व्यवस्थापछि नेपालभित्रका कुनै बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्ड प्रयोग गरेर स्वदेशभित्रकोे कुनैपनि एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । विदेशबाट हुने कारोबारमा भने यस्तो शुल्क लिन बन्देज गरिएको छैन । यसअघि स्वदेशको कारोबारमा लाग्दै आएको सेवाको शुल्क समेत बैंक तथा वित्तीय संस्था आफैंले निर्धारण गर्दै आएका थिए । केही बैंकले भने यस्तो सेवा निःशुल्क गर्दै आएका थिए ।

एटीएम मेसिनमा समस्या आउँदा तत्कालै बैंकका प्रतिनिधिलाई सम्पर्क गर्न सक्नेगरी सम्बन्धित व्यक्तिको नाम र मोबाइल नम्बर समेत एटीएम काउन्टरमा राख्नुपर्ने व्यवस्था समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्