राष्ट्रिय वाणिज्य बैंकले सनराइज क्यापिटलको संस्थापक सेयर बेच्ने, प्रतिसेयर न्यूनतम मुल्य २०५ तोकियो

काठमाडौं । सनराइज क्यापिटलमा राष्ट्रिय वाणिज्य बैंकको संस्थापक सेयर विक्री गर्ने भएको छ । बाणिज्य बैंकले आफ्नो स्वामित्वमा रहेको सनराइज क्यापिटलको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बाणिज्य बैंकले ४ लाख २८ हजार ५८० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । बाणिज्य बैंकले असोज ६ गतेबाट २० गते भित्र सेयर किन्न इच्छुक संस्थापक सेयरधनी, बैंक तथा वित्तीय संस्थाहरुले आवेदन आग्रह गरेको छ ।
तत्कालिन एनआडिसि डेभलपमेन्ट बैंकको २० प्रतिसत सेयर सनराइज क्यापिटलमा रहेको थियो । एनआडिसि डेभलपमेन्ट बैंक २ वर्ष अघिनै राष्ट्रिय बाणिज्य बैंकमा गाभिएकाले सनराइज क्यापिटलमा उसको २० प्रतिसत सेयर हिस्सा रहँदै आएको थियो ।
बाणिज्य बैंकको आफ्नै आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । धितोपत्र ऐन अन्र्तगत एउटै बैंक वित्तिय संस्थाले २ ओटा मर्चेन्ट बैंकमा लगानी रहेको तर सनराइज क्यापिटलको सेयर वेच्ने लागेको बाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठले बताए ।
बाणिज्य बेंककले यही अशोज ६ गतेदेखी २० गतेसम्म आरबिबि मर्चेन्ट बैंकिङ लि टेकुमा पुग्ने गरी गोप्य शिलबन्दी आवेदन मार्फत आवेदन दिन बैंककले आग्रह गरेको सिईओ श्रेष्ठले बताए । आरबिबि मर्चेन्ट सिईओ बद्री प्याकुरेलले भने हामीले न्यूनतम २०५.८२ रुपैयामा सेयर बेच्न प्रश्ताव गरेको बताए । उक्त सेयरमा आवेदन दिँदा एक मुष्ठ ४ लाख २८ हजार ५८० कित्ताको लागि आवेदन दिनु पर्ने प्याकुरेलले बताए ।