मर्जरमा एग्रेसिप आरम्भ चौतारीसंग २ लघुवित्त मर्जर हुने, सेयर कारोवार रोक्का « Arthapath.com
१३ आश्विन २०७७, मंगलवार

मर्जरमा एग्रेसिप आरम्भ चौतारीसंग २ लघुवित्त मर्जर हुने, सेयर कारोवार रोक्का



काठमाडौं । आरम्भ र चौतारी लघुवित्त मर्जर भएको ४ महिना नपुग्दै अन्य २ लघुवित्तसंग मर्जर गर्ने भएको छ । आरम्भ चौतारी लघुवित्तले अन्य २ लघुवित्त गाभ्ने भएपछि सेयर कारोवार रोक्का गरेको छ ।

असोज ११ गते नेप्सेले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड अन्य २ संस्थासंग मर्जर गर्न एमओयू गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई मर्जरमा लैजाने निती लिए लगत्यै आरम्भ चौतारीले २ संस्था गाभ्न लागेको लघुवित्तका सीईओ लक्ष्मण घिमिरेले बताए ।

आरम्भ चौतारी, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था बीच मर्जर गर्ने सहमती गरेका छन । यी ३ संस्था एक आपसमा गाभ्ने र गाभिने भएपछि सेयर कारोवार रोक्का भएको हो । शालिग्राम र सिवाईसी नेपाल लघुवित्तले सर्वसाधारणलाई सेयर जारी गरेको छैन ।

मर्जरको तयारीमा रहेका लघुवित्त कम्पनी आरम्भ चौतारी लघुवित्तको १०० कित्ता सेयर बराबर सिवाईसी नेपाल लघुवित्तको १०० कित्ता र शालिग्राम लघुवित्तको ८५ कित्ता सेयर स्वाप रेस्योमा मर्जर गर्ने सम्झौता गरेका छन ।


प्रतिक्रिया दिनुहोस्