कोरोनाले थलिदै बैंकिङ क्षेत्र, २ हजार भन्दा बढी संक्रमित

काठमाडौं । अहिले सबैभन्दा बढी संगठित कोरोना संक्रमित बैंकिङ क्षेत्रमा देखिएको छ । सरकारले लकडाउन खुकुलो बनाएसंगै अहिले बैंकिङ क्षेत्रमा कोरोना भयवह बन्दै आएको छ । बैंकमा सर्वसाधारणको आउजाउसंगै कोरोनाको संक्रमित कर्मचारी पनि बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयका कर्मचारीमा कोरोना देखिएसंगै अहिले विभिन्न बैंक वित्तिय संस्थामा कोरोना संक्रमितको संख्या बढेको हो । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बृद्धि भईरहेको छ । दैनिक २ हजार भन्दा बढीमा कोरोना संक्रमित देखिएको बेला बैंकिङ क्षेत्रमा पनि बढ्दो रहेको छ ।
देशभरिका विभिन्न वाणिज्य बैंक शाखामा गरी करिव २ हजार भन्दा बढी कर्मचारिमा कोरोना संक्रमण देखिएको छ । अहिले वाणिज्य बैंकह?का करिब २ हजार कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
दुई हजार कर्मचारीमा कोरोना संक्रमित भएपनि १ हजारले निको भएर घर फर्किएका छन । अहिले प्राय सबैजसो बैंकह?मा १ सयको हाराहारीमा संक्रमित पुगिसकेका छन ।