हिमालयन बैंकको ज्वाइनभेञ्चर हबिबको सेयर किन्न नेपाली लगानीकर्ता विचनै चर्को वार्गेनिङ, किन पछि हट्यो सीडीसी ? « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

हिमालयन बैंकको ज्वाइनभेञ्चर हबिबको सेयर किन्न नेपाली लगानीकर्ता विचनै चर्को वार्गेनिङ, किन पछि हट्यो सीडीसी ?



काठमाडौं । हिमालयन बैंकमा एकै समूहको सबैभन्दा बढी सेयर स्वामित्व पाकिस्तानको हबिब बैंक छ । स्थापनाकालमा विदेशी साझेदार बैंकको रुपमा मात्र निजी बैंक खोल्न पाउने कानुनी व्यवस्थाका कारण हिमालयन बैंकका संस्थापकहरुले पाकिस्तानको हबिब बैंकको साझेदारीमा २० प्रतिशत संस्थापक सेयर दिएर नेपालमा बैंक स्थापना गरेका थिए । त्यसबेला मोहनगोपाल खेतान, नरसिंहबहादुर श्रेष्ठ र हिमालयनशमशेर राणाको सहकार्यमा सो बैंक खुलेको थियो ।

बैंकमा कर्मचारी सञ्चय कोषको पनि ठूलो लगानी रहेको र बैंकको सुरुवात र कार्यालय नै कोषको ठमेलस्थित भवनबाट भएको थियो । हिमालयन बैंकमा हबिबपछि कर्मचारी सञ्चय कोषको धेरै लगानी छ । कोषको १४ प्रतिशत लगानी छ । अब नियमले मिलेमा कोषले त्यो हिस्सा बढाउने सो राखेको छ । हिमालयन बैंकका अध्यक्षसमेत रहेका कोषका प्रशासक तुलसीप्रसाद गौतमका अनुसार कोष ऐनले २५ प्रतिशतसम्म लगानी गर्न पाउने नियम छ । यदि सोही नियम अनुसार सेयर स्वामित्व बढाउने हो, भने पनि हबिबको सबै सेयर हामीले किन्न सक्दैनौं । अर्को खरिद पार्टनर त खोज्नुपर्छ ।

पाकिस्तानी हबिब बैंक हिमालयनबाट आफ्नो सेयर स्वामित्व बिक्री गर्ने तयारीमा अग्रसर भइरहेकको छ । पछिल्लो एक वर्षदेखि उसले आफ्नो सेयर बेच्न खोजिरहेको छ । बेलायती बैंकलाई हिमालयनको सेयर बेच्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको भए पनि त्यो लगभग भाँडिएको छ । हबिबले बेलायतको कमवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी)लाई हिमालयनका रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर खरिद गर्न आग्रहसमेत गरेको थियो । कमवेल्थले नेपाल आएर यससम्बन्धी अध्ययन पनि गरेको थियो । तर, प्रशासनिक जटिलता र हिमालयन बैंकका नेपाली साझेदारहरुबीचको किचलोका कारण पछि हटेको अनुमान गरिएको छ ।

हबिबले हिमालयन बैंकमा भएको आफ्नो सेयर सकेसम्म अन्तर्राष्ट्रिय लगानीकर्तालाई नै बिक्री गर्न खोजेको थियो । तर, अन्तर्राष्ट्रिय लगानीकर्ता नआएपछि हबिबले सञ्चय कोषलाई आफ्नो सेयर खरिद गर्न आग्रह गरेको कर्मचारी सञ्चय कोषका प्रमुख गौतमले बताए ।

गौतमले प्रतिकित्ता २.६ डलर मूल्य तोकेर सेयर बेच्ने प्रस्ताव कोषमा आएको छ । तर, कोषले यसबारे हालसम्म कुनै अध्ययन र निर्णय भने गरिसकेको छैन । यो ठूलो डिल भएका कारण यसबारे निर्णय गर्न कोषलाई पनि सजिलो छैन । यसमा विभिन्न निकायदेखि सरकारको समेत चासो रहन्छ ।

कर्मचारी सञ्चयकोष ऐनमा कोषले कुनैपनि बैंक तथा वित्तीय संस्थाको सेयरमा सोही संस्थाको पुँजीको २५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । तर, बैंक तथा वित्तीय संस्था ऐनमा कुनै व्यक्ति, परिवार वा समूह वा सस्थाले कुल चुक्ता पँुजीको १५ प्रतिशतसम्म मात्र लगानी गर्न पाउने व्यवस्था छ । विदेशी साझेदारको हकमा मात्र यो सिमामा छुट छ । यस्तो अवस्थामा सञ्चय कोष ऐनअनुसार २५ प्रतिशत स्वामित्व लिन पाउने वा बाफियाअनुसार १५ प्रतिशतभन्दा बढी होल्ड गर्न नपाउने भन्ने विवाद कायमै छ ।

बैंकमा भएका कारण कोष ऐनभन्दा बाफिया लागू हुने र कोषलाई १५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व लिन नपाउने अवस्था रहेको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ । तर पनि यसबारे कुनै औपचारिक निर्णय नभएकाले कानुनी अड्चनबारे वहस भैसकेको छैन । कोषले २५ प्रतिशतको दायरामा रहेर हबिबले आजको बजार मूल्यअनुसार सेयर खरिद गर्न दिएमा ९ प्रतिशत सेयर खरिद गर्ने कोषको योजना छ’ कोषका प्रशासक गौतम भन्छन्, सेयर खरिदमा कोषको नियम र खरिद गरिने कम्पनीको बजार विश्लेषणको आधारमा उपयुक्त मूल्यमा पाएमात्रै सो परिमाणमा हबिबको सेयर खरिद गर्छ ।’

कोषले हिमालयन बैंकमा हबिबको ९ प्रतिशत सेयर खरिद गरेमा बाँकी ११ प्रतिशत सेयर बैंककै अन्य संस्थापकले खरिद गर्न सक्ने उनको भनाइ छ । हाल कोषको ३ अर्ब रुपैयाँ बढीसम्मको थप लगानी गर्ने क्षमता भएको तर ऐनलाई नाघेर हबिबको सबै सेयर खरिद गर्न नमिल्ने गौतमले बताए । हबिबको सेयर खरिद गर्नका लागि बैंकका प्रबद्र्धक रहेको श्रेष्ठ समूहले पनि चासो देखाएको छ । बैंकमा लामो समय अध्यक्ष रहेका मनोजबहादुर श्रेष्ठले हबिबको सेयर किन्नका लागि डिल
गरिरहेको बैंक स्रोतले जानकारी दियो । तर श्रेष्ठ समूहले आफ्नो हिस्सा नबढाओस् भन्नेमा अन्य प्रवद्र्धकहरु रहेका छन् ।

बैंकभित्रको आन्तरिक विवादमा कसले बाजी मार्ला भन्नेमा धेरै अड्कलबाजी हुन थालेको छ । हिमालयन बैकमा १४ वर्ष मनोजबहादुर श्रेष्ठ अध्यक्ष भए । उनको दाजुभाइ बैंक सञ्चालक बनेर बोर्डमा बहुमत पु¥याएर एकलौटी निर्णय गर्दा बोर्ड र व्यवस्थापनबीच लामो समय टसल रह्यो । बैंकमा सीईओ रहेका अशोकशमशेर राणा पनि प्रवद्र्धक समूहकै व्यक्ति भएका कारण श्रेष्ठसमूह र राणासमूहबीच ठूलो तनाब रह्यो ।

सञ्चालक समितिले व्यवस्थापनलाई हस्तक्षेप गरेको भन्दै राष्ट्र बैंकले पटक–पटक कारबाहीसमेत गरेको थियो । तर, गतवर्षको साधारणसभामा एकजना संस्थापक सञ्चालकको सिट घटेपछि भएको चुनावमा श्रेष्ठसमूहबाट एकजना सञ्चालकमात्र चुनिए । अध्यक्ष श्रेष्ठ नै बोर्डबाट आउट भएसँगै गौतम अध्यक्ष बन्न सफल भए । हाल श्रेष्ठसमूह बैंकको निर्णय प्रक्रियाबाट बाहिर रहेको अवस्थामा उनीहरु हबिबको सेयर किनेर बैंकमा पुनः कमब्याक गर्ने दाउमा छन् । तर, राणासमूह भने कोषलाई सेयर किनाएर बैंकलाई इन्भेष्टमेन्ट बैंकसग मर्जर गराउँदै आफ्नो कब्जामा बैंक राखिरहन चाहन्छ ।

यही विवादको चुरो थाहा पाएको हबिवले दुबै समूहसँग सेयर मूल्य बढाउन बार्गेनिब गरिरहेको छ । हिमालयन बैंकका खेतानसमूह, राणासमूह र श्रेष्ठसमूहको मुख्य लगानी छ । यसबाहेक पृथ्वीबहादुर पाँडे र आनन्दभक्त राजभण्डारी पनि मुख्य प्रवद्र्धक हुन् । तर, पाण्डेले आफ्नो सेयर श्रेष्ठसमूहलाई यसअघि नै बिक्री गरिसकेका छन । हाल बैंकमा एन ट्रेडिब कम्पनी प्रालिको १२.७१, म्युचूअल ट्रेडिब कम्पनी प्रालिको ११.८५ प्रतिशत, आभा इन्टरनेशनल प्रालिको ११.३८ प्रतिशत,
छायाँ इन्टरनेशनल प्रालिको ८.८९ प्रतिशत र शशीकान्त अग्रवालको २.६५ प्रतिशत सेयर छ । बाँकी लगानीकर्ताको सेयर १ प्रतिशतभन्दा तल सेयर स्वामित्व छ ।


प्रतिक्रिया दिनुहोस्