तिनाउँ मिसन डेभलपमेन्ट अक्वायर गर्न लागेको सिटिजन्स बैंकको ११ प्रतिशत घोषणा « Arthapath.com
३ कार्तिक २०७७, सोमबार

तिनाउँ मिसन डेभलपमेन्ट अक्वायर गर्न लागेको सिटिजन्स बैंकको ११ प्रतिशत घोषणा



काठमाडौं । तिनाउँ मिसन डेभलपमेन्ट बैंकसंग मर्जरको एमओयू गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ । २०७७ साल कार्तिक ३ गते सोमबार बसेको ३४५ औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७।७० प्रतिशत बोनस सेयर र कर सहित ३।३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

साथै कोभिड १९ को त्रास अमmै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान र विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिन सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्