बैंक अफ काठमाण्डुले दशैंमा डिजिटल दक्षिणामा ३ सयसम्मको नगद उपहार दिने, के–के छन सर्त ?

काठमाडौं । बैंक अफ काठमाण्डुले बडा दशैंको उपलक्ष्यमा डिजिटल दक्षिणमा अफर ल्याएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडा दशैंमा ब्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन अनुरोध गर्दै बैंककले दक्षिणामा “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो । साथै, चाडपर्वलाई हर्षउल्लासको साथ मनाउन बैंकको ग्राहकहरुले तिन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १००० वा सो भन्दा बढि भएमा ३०० नगद उपहार लागि ग्राहकहरु योग्य हुनेछन ।
फैलिरहेको कारोना भाइरस रोकथामको लागि सहयोग पुग्नुको साथै चाडबाडलाई कारोना भाईरस संक्रमणको बाहक हुन नदिनको ग्राहक महानुभावहरुलाई दक्षिणा दिदा यस बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी नगद उपहारबाट लाभान्वित हुन अनुरोध गरेको छ । साथै, यस योजनामा सहभागी हुनको लागि ग्राहक महानुभावहरुले निम्न लिखित शर्तहरुको पालना गर्नुपर्ने छ ।
के के छन सर्तहरु ?
१. ग्राहक महानुभावहरुले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ ।
२. ग्राहक महानुभावहरुले रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने ब्यक्ती फरक फरक हुनुपर्नेछ ।
३. उक्त दक्षिणा प्रदान गर्दा ग्राहक महानुभावहरुले ३ कारोबार गर्दा रु. १,००० वा सो भन्दा बढी हुनुपर्नेछ ।
४. ग्राहक महानुभावहरुले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फोन पे मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ ।
५. ग्राहक महानुभावहरुले दक्षिणा कारोबारको विबरणमा “दक्षिणा” राख्नु पर्नेछ ।
६. यो योजनामा सहभागी हुन ग्राहक महानुभावहरुले नेपालीहरुको महान चाड विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्ने छ ।