सनराइज बैंकले गर्यो एकै दिन ३ शाखा बिस्तार

काठमाडौं ।सनराइज बैंकले देशका विभिन्न भागमा शाखाहरु सञ्चालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखा विस्तार संगै बैंकको १ सय ३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १ सय ६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।