मेरो माइक्रोफाइनान्सको १७.८३ लाभांस घोषणा, १६.९३ प्रतिसत बोनस सेयर « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

मेरो माइक्रोफाइनान्सको १७.८३ लाभांस घोषणा, १६.९३ प्रतिसत बोनस सेयर



मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले १७.८३ प्रतिसत लाभांस घोषणा गरेको छ । कम्पनीको बुधबार साँझ बसेको संचालक समितिको १०२ औं बैठकले १६.९३९९ प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागी ०.८९१६ प्रतिसत नगद लाभांस घोषणा गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको १४ करोड ४८ लाख ६० हजार बोनस सेयर र ७६ लाख २४ हजार २१० रुपैयाँ क्यास डिभिडेण्ट घोषणा गरेको हो ।

सो लाभांसको लागी कम्पनीले नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागी पठाउने र साधारणसभाबाट पारित भएपछि वितरण गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्