मेगा बैंकको कर्मचारी युनियनको अध्यक्षमा वाग्ले, नयाँ कार्यसमिति पनि चयन

काठमाडौं । मेगा बैंकको कर्मचारी युनियनको अध्यक्षमा वाग्ले पुनः निर्वाचित भएका छन् । आधिकारिक ट्रेड युनियन ‘मेगा बैंक कर्मचारी युनियन’को केन्द्रीय कार्यसमिति अध्यक्षमा कृति वाग्ले पुनः निर्विरोध निर्वाचित भएका हुन् । उनको कार्यकाल ४ वर्षको हुने छ ।
दरबारमार्गस्थित शेर्पा मलमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले वाग्लेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको बैंकले जानकारी दिएको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा अशोक बुढाथोकी, महासचिवमा चन्द्रकान्त न्यौपाने, सचिवमा शिवहरि भण्डारी तथा कोषाध्यक्षमा रोजी श्रेष्ठ र कार्यसमितिका सदस्यहरूमा दिक्षान्त अर्याल, विजय तिमिल्सिना, आशिष श्रेष्ठ, भोजराज जोशी, रामेश्वर घिमिरे र श्यामकृष्ण श्रेष्ठ चयन भएका छन् । थप एक जना सदस्यमा प्रमिष नेपाललाई शनिबार नै मनोनित गरिएको छ ।