ग्लोवल आईएमई बैंकको नाफा १ अर्व ५ करोड, खुद व्याज आन्दानी २ अर्व ५९ करोड

काठमाडौं । ग्लोबल आइएमई बैंकले पहिलो क्वाटरको वित्तिय विवरण प्रकाशित गरेको छ । बैंककले कोरोना महामारीका वावजुत पनि १ अर्व ५ करोड नाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले यसै आवको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा क्वायर नगर्दा ३० लाख कम कमाएको थियो भने जनाता बैंक जोडिएपछिको यो वित्तिय विवरण हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरण योग्य मुनाफा २२ करोड ६१ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ५१ करोड ८९ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड ८८ लाख रुपैयाँ बढेर २ अर्ब ५९ करोड ३६ लाख पुर्याउन सफल भएको छ । बैंकको संचालन मुनाफा १ अर्ब ४७ करोड ५२ लाख रहेको छ ।
१८ अर्ब ९७ करोड ५८ लाख चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर आन्दानी घटेर २२ रुपैयाँ ३२ पैसा पुगेको छ । पहिलो त्रैमासमा बैंकको २ खर्ब २४ अर्ब २३ करोड पुगेको छ भने कर्जा लगानी बढेर १ खर्ब ९५ अर्ब ७३ पुगेको छ ।