सनराइज बैंकले कमायो ३८ करोड, संचालन आन्दानी २ करोडभन्दा बढी

काठमाडौं । सनराइज बैंकले चालु आवको पहिलो त्रैमासमा ३८ करोड २९ लाख खुद नाफा कमाएको छ । गत आवको सोही अवधकिो तुलनामा सनराइज बैंकको नाफामा १५ प्रतिसतले गिरावट आएको छ । सनराइजले तीन महिनामा बैंकले ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
बैंकले गत आवको सोही अवधीमा ४५ करोड ४३ लाख नाफा कमाएको थियो । तिन महिनामा बैंकले ९२ करोड ७९ लाख खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधीको तुलनामा १८ करोड खुद व्याज आन्दानी घट्दा नाफामा केही गिरावट आएको हो ।
बैंकको अन्य सञ्चालन आम्दानीमा भने छलाङ मारेको छ । संचालन आन्दानी बढाएर २ करोड १६ लाख पुर्याएको छ । बैंकले करिव १ अर्व निक्षेप बढाएको छ । बैंकको निक्षेप संकलन ९० अर्ब २२ करोडबाट बढेर ९१ अर्ब ५५ करोड पुगेको छ । उता कर्जा लगानी करिव २ अर्वले बढाएको छ ।
कर्जा ८१ अर्ब ३ करोडबाट बढेर ८४ अर्ब ९६ करोड पुगेको छ । ८ अर्ब ९६ करोड चुक्ता पूँजी रहेको सनराइज बैंकको जगेडा कोषमा ४ अर्ब ६ करोड राख्न सफल भएको छ । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ २९ पैसाबाट घटेर १७ रुपैयाँ ८ पैसामा झरेको छ ।