सिटिजन्स बैंकको तिहारमा डिजिटल कारोवार गर्दा १ सय क्यासब्याक पाइने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले “यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यासब्याकको बहार” योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत तिहारमा पैसा पठाउँदा रु १०० क्यासब्याक प्राप्त गर्नेछन् । बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले कात्तिक २९ देखि मंसिर १ गते सम्म तिन पटक गरी रु २,००० भन्दा बढी रकम मोबाइल बैकिङ्ग मार्फत रकमान्तर गरेमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
पैसा पठाउँदा विवरणमा भने “सिटिजन्स तिहार” भनी खुलाउनपर्ने छ । तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदिबहिनिलाई भाईटिकाको दक्षिणा दिन सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यसका साथै तिहारलाई लक्षित गरि बैंकले डिजिटल सहायता केन्द्रको समेत ब्यवस्था गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।
यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झण्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।
साथै कोभिड १९ को त्रास आफ्नो पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आउनुभएका ग्राहक महानुभावहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।