राष्ट्रिय बाणिज्य बैंकले कमायो तिन महिनामा ८२ करोड, अन्य सूचक कस्तो ?
काठमाडौं । पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले चालु आवको पहिलो त्रैमासमा ८२ करोड ९२ लाख खुद नाफा गरेको छ । बैंककले गगत आवको सोही अवधीमा १ अर्व १२ करोड कमाएन सफल भएको थियो । कोरोनाको कारण व्याज र साँवा उठाउन नसक्दा बाणिजइ बैंकको नाफामा २७ प्रतिसतले ह्रास आएको छ ।
कोरोनाका कारण बैंकको खराव कर्जा अनुपातसमेत घटेको छ । गत आवको असार मसान्तमा ३.५० प्रतिसत रहेका खराव कर्जा अनुपात ०.६० प्रतिसतले बढेको छ । ९ अर्व चुत्ता पुँजी रहेको वाणिज्य बैंक चालु आवको पहिलो त्रैकमासमा २ खर्ब ३८ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ अर्ब ४९ करोड रहेको छ ।
वाणिज्य बैंकको रिजर्बमा १३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । बैंकले सरकारलाई कोरोनाको वावजुत पनि ३ महिनाको नाफाबाट ४३ करोड रुपैयाँ बाँड्न सक्ने अवस्थामा रहेको छ ।