शाइन रेसुङ्गा डेभपलमेन्ट बैंकको संस्थापक शेयर परिवर्तन « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

शाइन रेसुङ्गा डेभपलमेन्ट बैंकको संस्थापक शेयर परिवर्तन



काठमाडौं । शाइन रेसुङ्गा डेभपलमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन भएको छ । बैंकको ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको कम्पनीले जनाएको छ ।

शेयर संरचना पश्चात् बैकको शेयर स्वामित्व संस्थापकको ५४ दशमलव ८५ प्रतिशत र सर्वसाधारणको ४५ दशमलव १५ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्