ग्लोवल आइएमई लघुवित्तले स्पर्षलाई अक्वायर गर्न पायो राष्ट्र बैंकबाट स्वीकृती « Arthapath.com
७ मंसिर २०७७, आईतवार

ग्लोवल आइएमई लघुवित्तले स्पर्षलाई अक्वायर गर्न पायो राष्ट्र बैंकबाट स्वीकृती



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तिय संस्थालाई गाभ्ने भएको छ । ग्लोवल आईएमई बैंकद्वरा प्रर्वधित ग्लोवल आईएमई लघुवित्तले स्पर्श लघुवित्तलाई अक्वायर गर्न राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको हो ।

आइतबार बसेको राष्ट्र बैंको संचालक समितिको बैठकले ग्लोवल आइैएमई लघुवित्तले स्पर्शलाई प्राप्त गर्ने प्रस्तावको अन्तिम स्वीकृती दिएको हो । पोखरा महानगरपालिका वडा नं. २६ मा अवस्थित स्पर्श लघुवित्त वित्तीय संस्था र लमजुङको बेसिशहरमा रजिष्टर्ड कार्यालय रही २०७० जेष्ठ १ गते घ वर्गको इजाजत पाएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिने निर्णय सहित सहमतीको लागी राष्ट्र बैंकमा पठाएका थिए ।

ग्लोवल आईएमई लघुवित्तको अध्यक्ष बुद्धि अकेला रहृेका छन भने स्पर्शको अध्यक्ष प्रा. डा. सुशिल भक्त माथेमा रहेका छन । ग्लोवल आईएमई लघुवित्तको चुत्ता पुँजी २५ करोड ९५ लाख रहेको छ भने स्पर्शको चुत्ता पुँजी ९ करोड ३७ लाख रहेको छ । दुबै संस्था मर्जरप्रश्चात चुत्तापुँजी ३५ करोड ३२ लाख पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्