कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूको सबै शाखाबाट भुक्तानी गर्न सकिने « Arthapath.com
१० मंसिर २०७७, बुधबार

कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूको सबै शाखाबाट भुक्तानी गर्न सकिने



काठमाडौं । कर्मचारी संचय कोषबाट ग्राहकहरुले लिनुभएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ ।
कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई यस बैंकको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सकिने छ । यस सुबिधाबाट ग्राहकहरुको समय बचत हुने र बिना झन्झट सजिलै बैंकको शाखा कार्यालयबाट झुक्तानी गर्न सक्नुहुनेछ ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्