माछापुच्छ्रे बैंकको साधारण सभा पौष २ गते, लाभांश पनि पारित गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २२ औंं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २२ औंं वार्षिक साधारण सभा पौष २ गते, बिहीबार होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेबाट सुरू हुनेछ ।
यसअघि कार्तिक ६ गते, होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा गरिने भनिएको सभा कोरोना संक्रमण र चाडपर्वको कारण स्थगित गरिएको थियो ।
यसैगरी, सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर र ३.७३ प्रतिशत अर्थात २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते बुकक्लोज गरेको थियो । त्यसैले, असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

