फेरी जित्याे एनएमबि बैंकले ‘बैंक अफ दि इयर-२०२०’ अवार्ड
काठमाडाैं । एनएमबि बैंकले फेरी बैंक अफ दि इयर अवार्ड २०२० जित्न सफल भएकाे छ । दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० मा नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा एनएमबि बैंकलाई दिएकाे हाे ।
पछिल्लाे समय राम्राे प्रगति गरेकाे एनएमबि बैंकले तेस्राेपटक ‘दि बैंकर्स बैंक अफ दि इयर अवार्ड’ पाएकाे हाे । छ । याे सम्मान बैंकले विगत चार वर्षमा तेस्रौं पटक प्राप्त गरेको हो ।
बैंकले आफूलाई सबल तथा मजबुत बनाउँदै देशका विभिन्न शहरदेखी गाउँसम्मका १२ लाखभन्दा बढी ग्राहाकहरूलाई गणस्तरिए सेवा पुर्याएबापत साे अवार्ड दिएकाे हाे । एनएमबि बैंकले सन २०१७ र २०१८ मा पनि साे अवार्ड हात पारेकाे थियाे ।
यसै क्रममा बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिकता क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्घि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको छ ।