नेपालभारत सिमाका भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंकको एक्स्टेन्सन काउण्टरहरु थप समयका लागि सञ्चालनमा रहने « Arthapath.com
१८ मंसिर २०७७, बिहीबार

नेपालभारत सिमाका भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंकको एक्स्टेन्सन काउण्टरहरु थप समयका लागि सञ्चालनमा रहने



नेपाल सरकार, अर्थ मन्त्रालयभन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौ र प्रभु बैंकको समन्वयमा नेपालभारत सीमाका विभिन्न७ वटा भन्सार कार्यालयहरु भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौलीभन्सार कार्यालय कपिलवस्तु र सतिभन्सार कार्यालय कैलालीमा सरकारी राजश्व÷भन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका छन् ।

सो सम्बन्धी नविकरण सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालयभन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौका तर्पmबाट महानिर्देशक सुमन दहाल र प्रभु बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनले बुधबार हस्ताक्षर गर्नु भएको छ ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमारहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धितभन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमाआयातनिर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजश्व संकलनको आंकाडामा वृद्धि हुनजाने तथा स्थानीय सेवाग्राह ीतथा संघ संस्थाहरुले प्रभु बैंकलि. को गुणस्तरीय बैंकिङ्गसेवाउपभोग गरी लाभान्वितहुनेछन् । यसका साथै नेपाल सरकारको राजश्व संकलनप्रक्रियामाछिटो छरितो हुनगई सहजीकरण हुने समेत बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्