साहस ऊर्जा आईपीओ निष्काशनको अनुमति माग्दै पुग्यो बोर्डमा

काठमाडौं । साहस ऊर्जा कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन को लागि अनुमति माग्र्द नेपाल धितोपत्र बोर्ड पुगेको छ । साहस ऊर्जा कम्पनीले सोलुखुम्बुमा ८६ मेगावाट क्षमताको सोलु खोला आयोजना निर्माण गरीरहेको छ । कम्पनीले कूल १ अर्ब ५ करोड बराबरको साधारण सेयर मध्ये कूल ३५ करोड बराबरको ३५ लाख कित्ता सेयर भने आयोजना प्रभावित सोलुखुम्बुबासीलाई बिक्री गरिने छ ।
यस्तै सामूहिक लगानी कोष, कम्पनीमा कार्यरत कर्मचारी र सर्वसाधारण लागि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर बिक्री गरिनेछ । बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई जिम्मा दिइएको छ । कम्पनीको आर्थिक अवस्था राम्रो रहेको भन्दै इक्रा नेपालले बि बि प्लस रेटिङ प्रदान गरेको छ ।