कोरोनापछि चलायमान बन्यो अर्थतन्त्र, अक्रामक व्यवसायमा बैंकहरु « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

कोरोनापछि चलायमान बन्यो अर्थतन्त्र, अक्रामक व्यवसायमा बैंकहरु



काठमाडौं । विश्वबजारमा कोरोनाको भ्याक्सीन आइसकेपछि कोरना केही होइन भन्ने मानसिकताले बजार चलायमान बनेको छ । सरकारले काठमाडौं उपत्यकामा अझै जोर विजोर हटाइनसक्दासमेत बजार भने चलायमान भैसकेको छ । कोरोनाको स्रासले खुम्चिएको अर्थतन्त्र बजार सहज हुनेवित्तकै तिब्र चलायमान बनेको छ ।

अर्थतन्त्र चलायमानको मापन गर्ने एउटा क्षेत्र हो बैंक वित्तिय संस्थाले प्रवाह गरेको कर्जाको अवस्था । केही समयअघि बैंकहरुमा अधिक तरलताले भरिएको थियो । तर दशै तिहार सकिने वित्तिकै अर्थतन्त्र तिब्र रफ्तारमा रहेको देखिन्छ । अहिले बैंकहरुमा कर्जाको डिमाण्ड ह्वात्तै बढेको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को सुरु भएको साउन यता बैंकहरुको लगानीमा तिब्रता आएको हो । पछिल्लो समय बजारमा कर्जा विस्तारको हिसावले एनआइसी एशिया बैंक आक्रमक देखिएको छ । एनआईसी एशिया बैंकले साउनदेखि मंसिरसम्म ५ महिनामा ४८ अर्व ८३ करोड कर्जा बढाएको छ । उसले यो अवधीमा ६४ अर्ब ६२ करोड रुपैयाँले निक्षेप संकलन गर्न सफल भएको छ ।

कोरोनाको त्रास विस्तारै हटेसंगै गएको ५ महिनामा २७ वटा वाणिज्य बैंकले कर्जा प्रवाह १ खर्व ९५ अर्वले बढाएका छन । त्यस्तै निक्षेप भने २ खर्ब ३ अर्बले बढाएका छन । त्यस्तै प्रभु बैंकले ५ महिनामा १९ अर्व ८२ करोड कर्जा प्रवाह गरेको छ । भने उसले निक्षेप २९ अर्ब ६५ करोड बढाएको छ । प्रभु बैंकले हालसम्म १ खर्व २२ अर्व कर्जा प्रवाह गरेको छ भने निक्षेप १ खर्व ६६ अर्व रहेको छ ।

त्यस्तै जनता बैंकसंग मर्जर गरेको ग्लोबल आइएमई बैंकले गएको ५ महिनामा ७ अर्व ६३ करोड कर्जा प्रवहा गर्न सफल भएको छ भने निक्षेप १८ अर्ब ८३ करोड बढाएको छ । ग्लोबल आइएमई बैंकको २ खर्व ६ अर्व कर्जा छ भने २ खर्व ४५ अर्व निक्षेप छ ।


प्रतिक्रिया दिनुहोस्