नेपाल बैंकबाट विदा भए सञ्चालक गंगा ज्ञवाली « Arthapath.com
६ पुष २०७७, सोमबार

नेपाल बैंकबाट विदा भए सञ्चालक गंगा ज्ञवाली



काठमाडौं । नेपाल बैंकको संचालक रहेका गंगाप्रसाद ज्ञवाली विदा भएका छन । नेपाल बैंकको प्रवन्ध पत्र नियमावली अनुसार सरकारबाट ३ जना र सर्वसाधारणबाट ३ जना संचालक बन्न पाउने व्यवस्था अनुसार ज्ञवाली विदा एका हुन ।

सञ्चालकको समूहगत प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा विशेष साधारणसभाबाट संशोधन भई नेपाल सरकारको तर्फबाट ३ जना सर्वसाधारण शेयरधनीको तर्फबात ३ जना र स्वतन्त्र सञ्चालक १ जना समेत गरि ७ जनाको सञ्चालक समिति रहने व्यवस्था कायम भएको छ ।

नियममावलिको उक्त व्यवस्था कार्यान्वयन गर्ने क्रममा नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पौष ३ गतेको पत्र मार्फत सञ्चालक नरहनु भएको जानकारी प्राप्त भए बमोजिम नेपाल सरकारको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहनुभएका श्री गंगा प्रसाद ज्ञवाली यस बैंकको सञ्चालकबाट बिदा हुनुभएको ब्यहोरा जानकारी गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्