मेगा बैंकले ३३ वटा शाखा बेच्दै « Arthapath.com
१० पुष २०७७, शुक्रबार

मेगा बैंकले ३३ वटा शाखा बेच्दै



काठमाडौं । मेगा बैंकले देशभर रहेका ३३ वटा शाखा कार्यालय बन्द र स्थानान्तरण गर्ने भएको छ । केही समय अगाडि गण्डकी विकास बैंकसँग मर्ज भएको बैंकले मुलुकभर रहेका विभिन्न ३३ स्थानमा रहेका शाखा कार्यालयका स्थिर सम्पत्ति तथा मालसामान बिक्री गर्ने भएको हो ।

गत बिहीबार सूचना जारी गर्दै बैंकले बन्द तथा स्थानान्तरण गर्नुपर्ने शाखाहरू स्थिर सम्पती तथा माल सामानहरू जे–जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गर्ने जनाएको छ । त्यसको लागि इच्छुक बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यक्ति, फार्म अथवा कम्पनीले पुस १६ गतेसम्म गोप्य सिलबन्दी दिन बैंकले आग्रह गरेको छ ।

शाखा खरिद गर्न चाहने खरिदकर्ताले कमलादीस्थित राइजिङ्ग महलमा रहेको बैंकको कर्पोरेट कार्यालयको प्रशासन विभागमा आवेदन पेश गर्नुपर्ने उल्लेख गरेको छ । आवेदन पेश गर्दा उचित कारणसहित, नागरिकताको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र र फर्म तथा कम्पनी नवीकरणको प्रमाणपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्