मंगलबार एकैदिन नेप्सेमा ५ कम्पनीको शेयरमूल्य समायोजन, कतिबाट सुरु हुने छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज मंगलबार एकैदिन ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । शेयर मुल्य समायोजन हुने कम्पनीहरुमा नागरिक लगानी कोष, हिमालयन बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलेपमेण्ट बैंक र एनएमबी लघुवित्त वित्तिय संस्था रहेको छ ।
शेयरमुल्य समायोजन भएको नागरिक लगानी कोषको हकप्रद पछिको मूल्य समायोजन भएको छ । त्यसैगरी चार वटा कम्पनी एनएमबी लघुवित्त वित्तिय संस्था, लुम्बिनी विकास बैंक, हिमालयन बैंक, मितेरी डेभलेपमेण्ट बैंकको कम्पनीको बोानसमा शेयरमूल्य समायोजन भएको हो ।
शेयर मुल्य समायोजन भएको नागरिक लगानी कोषको ८२.८४ प्रतिशत हकप्रदपछि शेयरमूल्य समायोजन भएको छ । शेयरमूल्य समायोजन पछि नागरिक लगानी कोषको शेयर मूल्य २ हजार ७८४ रुपैयाँ कायम गरेको छ । यसअघि कोषको सोमबार प्रतिकित्ता ५ हजार ८ रहेको थियो । त्यसैगरी नेप्सेमा लुम्बिनी विकास बैंकको ७ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । बोनस शेयर मूल्य समायोजनपछि बैंकको शेयर मूल्य २०४ रुपैयाँ कायम भएको छ । सोमबार बैंकको शेयर २१८ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी शेयर मुल्य समायोजन भएको हिमालयन बैंकको १४ प्रतिशत बोनस शेयर मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको शेयरमूल्य प्रतिकित्ता ५६१ रुपैयाँ तोकेको छ । सोमबार बैंकको ६३९ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै एनएमबी लघुवित्तको १९ प्रतिशत बोनस मूल्य समायोजन भएको हो । बोनस शेयर मूल्य समायोजन गरेपछि लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ९८४ रुपैयाँ पुगेको छ । लघुवित्तको सोमबार १ हजार १७१ रुपैयाँ शेयर कारोबार भएको थियो । र मितेरी डेभलेपमेण्ट बैंकको १५ प्रतिशत बोनस शेयरमूल्य समायोजन भएको छ । समायोजन गरीपछि ३३७ प्रतिकित्ता शेयरमूल्य कायम भएको छ । सोमबार बैंकको ३८७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
सोमबार कारोबार भएको अम्तीम मुल्यलार्ई आधार मानेर मंगलबार शेयरमूल्य समायोजन भएको हो ।