इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको छब्बिसौं वार्षिक साधारणसभा सम्पन्न « Arthapath.com
२९ पुष २०७७, बुधबार

इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको छब्बिसौं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको छब्बिसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ५ अर्ब २५ करोड र कर्जा सापट रु. ४ अर्ब ६७ करोड पुगेको तथा सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्था पछि) रु. ११ करोड १९ लाख भएको जानकारी साधारणासभालाई गराउनु भएको थियो ।

साधारणसभामा अनुमोदनको लागी पेश गरिएको हाल कायम रहेको च’क्ता पुजीको १०.५३ प्रतिशत लाभाँश वितरण (बोनश शेयर ७.३७% तथा नगद लाभाँश ३.१६% ) सम्बन्धि प्रस्तावलाई छब्बिसौं साधारणसभाबाट अनुमोदन गरियो । अनुमोदन पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु. ८९,०१,३४,८७९/५० पुगेकोे छ ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्षले विषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार बृद्धि हुनुमा आफ्ना ग्राहकहरुसंगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताएका छन ।

कम्पनीले २०७७ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरुबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधि भित्र रहि व्यवसायीक कार्य गर्दै उक्त बैंकको निर्देशनहरु पुर्णरुपमा पालना गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्