कामना सेवा बैंकले WeChat-Union Pay भुक्तानी सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । कामना सेवा विकास बैंक र फस्र्ट पे टेक्नोलोजी प्रा.लि. बीच WeChat Pay र Q- Pay को भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गदै WeChat Pay र Union Pay बाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो । यस सम्झौता पश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी गा्रहकहरुले कामना सेवा विकास बैंक लि.सगँ आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम QR कोड स्क्यान गरि÷ गराई WeChat Pay र Union Pay को साथै Alipay, Khalti, Prabhu Pay, QPay, Ime Pay, Smart QR लगायत अन्य ४६ वटा अन्र्तराष्ट्रिय वालेटहरु मार्फत भुक्तानी गर्न सक्ने छन् ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA, Social Banking लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।