गरिमा विकास बैंकको बगर शाखामा लकर सूबिधा « Arthapath.com
२६ माघ २०७७, सोमबार

गरिमा विकास बैंकको बगर शाखामा लकर सूबिधा



काठमाडौं । गरिमा विकास वैंकले पोखराको बगार शाखामा लकर सेवाको सुभारम्भ गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई दिईरहेको सेवा तथा सूविधालाई थप गर्दै कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं १ वगर स्थित शाखाबाट लकर सूविधाको सुरु गरेको हो ।

आईतबार देखी बैंकले बगर शाखामा लकर सेवा सञ्चालन गरेको हो । लकर सेवाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले एक समारोहका विच गर्नूभएको छ ।
साथै उक्त कार्यक्रममा नेपाल राष्ट्र बैकको नीति तथा नियमको परिधिमा वसी आफ्नो सेवा विस्तार गर्ने क्रममा पूर्व मेची देखि पश्चिम महाकाली सम्म आफ्नो शाखा विस्तार गरिरहेको र सेवालाई विस्तार गर्दे लगेको सीईओ ढकालले बताए ।

बैंकले नेपाल अधिराज्यभर वैकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट सेवा प्रदान गरिरहेको र निकट भविष्यमा थप शाखा सञ्जाल देशका अन्य स्थानहरुबाट समेत विस्तार गर्ने क्रममा रहेको अवगत गराउनू भएको छ ।


प्रतिक्रिया दिनुहोस्