इन्फ्रान्सटक्चरको आईपीओको ओपनिङ रेन्ज कति छ ? « Arthapath.com
२८ माघ २०७७, बुधबार

इन्फ्रान्सटक्चरको आईपीओको ओपनिङ रेन्ज कति छ ?



काठमाडौं । इन्फ्रान्सटक्चर बैंकको आइपीओ डिम्याट खातामा जम्मा भएसँगै आगामी सातादेखि दोस्रो बजारमा कारोबार हुने भएको छ । कम्पनीको स्टक कोड निफ्रा रहेको छ । नेप्सेले बैंकको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६।०७७ को प्रतिशेयर नेटवर्थ ११३ रूपैयाँ ६२ पैसा रहेको छ । कम्पनीले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपियाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्