माछापुच्छ्रे बैंकले गर्यो डिजिटल वालेट रेमि ट्यापको सुरुवात, पहिलो डाउलोड गर्ने हजार जनालाई १ सय बोनस दिने « Arthapath.com
२९ माघ २०७७, बिहीबार

माछापुच्छ्रे बैंकले गर्यो डिजिटल वालेट रेमि ट्यापको सुरुवात, पहिलो डाउलोड गर्ने हजार जनालाई १ सय बोनस दिने



काठमाडौं । माछापुच्छ्रे बैंकले पहिलोपटक डिजिटल वालेट रेमि ट्यापको औपचारीक सुरुवात गरेको छ । आज विहिबार भजुअर्ल रुपमा एक कार्यक्रमका विच बैंकले बैकिङ्ग जगतमा पहिलोपटक डिजिटल वालेट रेमि ट्यापको सुरुवात गरेको जनाएको छ ।

बैंकका अध्यक्ष विरेन्द्र महतोले यस्ता प्रविधिले बैंकका ग्राहाकलाई थप सन्तुष्टी दिने जनाए । कार्यक्रममा बैंकका डिजिटल बैंकिङ प्रमुख शुनिल खतिवडाले यस एपले सर्वसाधारणको दैनिकी थप सहज बन्ने दावी गरे । रेमिट्याप एपबाट संसारका जुनसुकै कुनाबाट १ क्ल्किमै रेमिट्यान्स पठाउन सकिने खतिवडाले जनाए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष् कोइरालाले डिजिटल बैंकिमा माछापुच्छ्रे बैंकले नयाँ–नयाँ सेवा र सुविधा भित्र्याउदै आएको बताए । उनले पहिलो पटक नेपालमा वीच्याट सेवाको सुरुवात गर्ने बैंक पनि माछापुच्छ्रेनै रहेको बताए ।

नेपाली भाषामा पनि चलाउन सकिने रेमि ट्यापलाई गाउँ–गाउँसम्म पुर्याउने जनाएको छ । बैंकले ल्याएको उक्त एप जुनसुकै बैंकका ग्राहाकले पनि प्रयोग गर्न सक्ने जनाएको छ । उक्त एप मोबाईलको प्ले स्टोरमा गई डाउनलोड गर्न सकिन्छ । पहिले एप साइन गर्ने १ हजार जनालाई बैंकले रु १ सय क्यास ब्याक दिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्