निफ्राको पहिलो कारोबार ३४० रुपैयाँमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबारदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पहिलो कारोबार शुरु भएको छ ।
स्पेशल प्रि–ओपनिङ्ग सेसनमा बैंकको कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएको हो । बैंकको १० कित्ता सेयर प्रतिकित्ता ३४० रुपैयाँमा खरिदबिक्री भएको हो । नेप्सेले बैंकको पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो ।