फागुन १४ गतेदेखी ८० करोडको ‘कुमारी ईक्वीटी फण्ड’ निष्काशन « Arthapath.com
६ फाल्गुन २०७७, बिहीबार

फागुन १४ गतेदेखी ८० करोडको ‘कुमारी ईक्वीटी फण्ड’ निष्काशन



काठमाडौं । कुमारी क्यापिटलद्वारा व्यवस्थापन तथा कुमारी बैंकद्वारा प्रवद्र्धन गरिएकोे १० बर्षे बन्दमुखि योजना रहेको १० अकिंत दरको आठ करोड इकाइको “कुमारी ईक्वीटी फण्ड” मध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाखको इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाई निष्कासन गर्ने बताए ।

फाल्गुन १४ गते शुक्रबार देखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिनेछ । योजना ब्यवस्थापन गर्ने कुमारी क्यापिटलले इक्रा नेपाल बाट एएमसी ३ रेटिङ्ग प्राप्त गरेको छ । योजना सुर्य प्रसाद कोइराला, भरत राज पोखरेल, कृष्ण प्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजित कुमार तिमल्सिना गरी ५ जना विशिष्ट अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा संचालन हुनेछ ।

योजना ब्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमा इकाई बिक्रिबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित ब्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ । नेट एसेट भ्यालु : १० बाट सुरु भई अन्तिम वर्ष (लाभाशं वितरण पश्चात) सम्म २२.४९ पुग्ने प्रक्षेपण गरिएको छ ।

लाभाशं र पूँजी वृद्वि समेत गरी औषत प्रतिफल : २२ प्रतिशत प्रक्षेपण गरिएको छ । सेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ । व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरि धितोपत्र बजारबाट प्राप्त हुने लाभ लिन सकिने छ ।

निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरे पश्चात दोश्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत तथा सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने ब्यवस्था गरिने छ ।

यस योजनाको इकाईमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्तर्गत साथै मेरो शेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने ब्यवस्था छ । आवेदन गर्दा न्युनतम १,०० इकाई र अधिकत ८० लाख इकाई सम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संस्थाहरुले फाल्गुन १४ गते देखि अन्तिम २८ गते सम्म आवेदन दिने ब्यवस्था गरिएकोे छ ।


प्रतिक्रिया दिनुहोस्