पशुपतिमा क्युआर कोडमार्फत दानदिँदै गभर्नर अधिकारीले भने ‘डिजिटल दान पनि भगवानले फिल गर्नुहुन्छ’ « Arthapath.com
१४ फाल्गुन २०७७, शुक्रबार

पशुपतिमा क्युआर कोडमार्फत दानदिँदै गभर्नर अधिकारीले भने ‘डिजिटल दान पनि भगवानले फिल गर्नुहुन्छ’



बैंक अफ काठमाडौंले सुरु गर्यो पशुपतिमा क्युआर मार्फत दानदिने व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालीहरुको मुख्य आश्थाको केन्द्र पशुपति मन्दिरमा डिजिटल दानपेटीकाको उद्घाटन गरेका छन । अहिले बैंकहरुविच डिजिटल कारोवारमा होडवाजी चलिरहेको बेला बैंक अफ काठमाण्डूले डिजिटल दान पेटिकाको सुरुवात गरेको हो ।

कार्यक्रममा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ५ हजार ५ सय ५७ रुपैयाँ दान रकम क्युआर कोड स्क्यान गरि डिजिटल दान पेटिकाको उद्घाटन गरेका छन । कार्यक्रममा बोल्दै अधिकारीले डिजिटल रुपमा दान गरेपनि भगवानले फिल गर्ने बताएका छन । उनले बरु मान्छेले नगद नपाएसम्म चित्त नबुझाउने भए पनि भगवानको लागि नगद र डिजिटलको खासै अर्थ नरहने बताए ।

गभर्नर अधिकारीले नगद आफैमा समाजको विभिन्न विकृति आउने जड भएकाले नगद भन्दा डिजिटल कारोबारमा जानुपर्ने बताएका छन् । म आफै नोटमा साइन गर्ने पदमा भएको मान्छे भएकाले पनि यसलाई कम चलाएदिनुस् ‘हामीले सहि गरेको नोट एउटा नमुनाको रुपमा प्रयोग गर्न पाइयोस कारोबार चै खास डिजिटल रुपमा होस र यो अभियानमा हामी छौं ।’ गभर्नर अधिकारीले यसले पारदर्शिता निम्त्याउँछ । पशुपतिको कुरा गर्दा पनि यहाँ आएको नगद केलाउन पर्ने फोहोर हुने समस्या हुने झुत्रौ हुदै जाने संकलनको लागि धेरै झन्झट व्यहोर्नुपर्ने भएकाले पनि डिजिटल रुपमा कारोबार गर्नुपर्ने अधिकारीले बताए ।

नगद कारोबारको आधारमा बैंकले लोन दिने भएकाले पनि डिजिटल कारोबारमा नदेखिएको हैसियत स्पस्ट देखाउने जस्ता कयौं फाइदाहरु रहेको बताएका छन । सुशासन र पारर्दशिताको कुराका पनि डिजिटल कारोबारको विकल्पमा कोहि नरहेको उनको दावि छ । डिजिटल कारोबारमा कहिले काहिँ समस्या आएको गुनासो आउने भएकाले पनि त्यस्ता गुनासोलाई सकारात्मक रुपमा अपनाउनु पर्ने बताएका छन ।

त्यसैगरी कार्यक्रमका बोल्दै बैंकअफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकुत शोवनदेब पन्तले डिजिटल कारोबार भोलीको लागि आवश्यकता रहेको बताएका छन । डिजिटल रुपमा अगाडि बढ्न नसके धेरै नै पछि पर्ने उनले बताए । कोरोना महामारीले पनि डिजिटल कारोबार आवश्यक बनाएको बताएका छन । त्यसैगरी यो सिस्टमा मुलुक आफैमा निर्भर रहेको छ यसमा कुनै बाहिरी सिस्टममा भर पनुनपर्ने भएकाले डिजिटल कारोबार सधै अघि रहेको छ । त्यसैगरी नेपालको अर्थतन्त्रको लागि पनि यो एउटा परिपेक्ष भएकाले आर्थिक क्षेत्रमा लागेका मान्छेले यसलाई दिगो रुपमा अगाडी बढाउनु पर्ने बताएका छन ।

कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदिप ढकाललगायतले बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस्