नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३५ औं वार्षिकोत्सव, लकर, कार्ड र अनलाइन पेमेन्टमा छुट « Arthapath.com
१४ फाल्गुन २०७७, शुक्रबार

नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३५ औं वार्षिकोत्सव, लकर, कार्ड र अनलाइन पेमेन्टमा छुट



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रभातफेरीको आयोजना गरेको थियो । शुक्रबार विहानै बैंकका उपत्यका भरीका सबै कर्मचारीले साइकल र्यालीको आयोजना गरेका थिए ।

हिमालयन बैंकसंग मर्जरको चर्चा चलेको नेपाल इन्भेष्टमेन्ट बैंक तत्कालिन इण्डेस्वेज बैंकको रुपन्तरीत नाम हो । बैंकले ३५ औं वर्षको माईलस्टोनमा पुगेको उपलक्ष्मा खुसीयाली मनाएको छ । बैंकका देशभर ८७ शाखा, ३० एक्स्टेन्सन काउन्टर, ५९ शाखाविहीन बैंकिंग केन्द्र र १३० एटीएम मार्फत गुणस्तरीय बैंकि सेवा प्रदान गर्दै आएको छ ।

स्थापनाको ३५ औं वर्षमा १२ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाई सेवा प्रदान गरिसकेको जनाएको छ । सरकारले तोकेको राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्दे आएको अव्बल बैंकले राष्ट्रको अर्थतन्त्रको उत्थानमा योगदान पुर्याउँदै आएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा डेबिट कार्डहरू, ईएमआई, लकर, ई सीओएम र अनलाइन भुक्तानी र एसएमई र खुद्रासहित क्रेडिट कार्डहरूमा विषेस छुट प्रदान गरेको जनाएको छ । बैंककले वार्षिकोत्सवको अवसरमा केट काटेर मनाएको छ ।

यस अवसरमा बैंकले आफ्नो तेस्रो हास्य पुस्तक “हाम्रो सुख दुःखका साथी, बैंक काटी जाती“ नामक पुस्तक पनि आरम्भ गरेको छ । यो पहल “चिडियाखानाको भ्रमण“ र “बैंक साँगको नाता, मेरी आफ्नो बचत खाताको क्रमिकको अनुरूप हो जुन अघिल्लो वर्षका वर्षहरूमा वित्तीय साक्षरता प्रवर्धन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्