माछापुच्छे बैंकले बनायो पोखरालाई क्युआर मय « Arthapath.com
१४ फाल्गुन २०७७, शुक्रबार

माछापुच्छे बैंकले बनायो पोखरालाई क्युआर मय



काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवाप्रालि तथा पोखरा कै सिद्दार्थ चोकमा रहेको कम्प्लेक्समा शुक्रबार देखि एकैसाथ क्युआर.कोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवाविस्तार गर्ने क्रममा माछापुच्छे बैंकले पोखराका ३ स्थानमा एकैपटक भव्य क्युआर कोड समुद्घघाटन समारोहको आयोजना गरेको हो । पोखराको नयाँबजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका का.मु निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छे बैंकका संचालक रोशन केसीले संयुक्त रुपमाउ उक्त समारोहको समुद्घघाटन गरेका थिए ।

उक्त कार्यक्रममा माछापुच्छे बैंकका सञ्चालक विश्व प्रकाश गौतम तथा सृजना कार्र्कीको पनि उपस्थिती रहेको थियो ।यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन। त्यसैगरि पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्युआर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका का.मु निर्देशक पुस्कर सुर्खालीले अबको युग डिजिटल युगभएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानि मार्फत गर्न आम उपभोक्तालाई आग्रह गरेका छन ।


प्रतिक्रिया दिनुहोस्