सनराइज क्यापिटलले चैत्र १ गतेदेखी १ अर्वको म्युचुअल फण्ड ल्याउँदै, कसरी गर्ने लगानी ? « Arthapath.com
१९ फाल्गुन २०७७, बुधबार

सनराइज क्यापिटलले चैत्र १ गतेदेखी १ अर्वको म्युचुअल फण्ड ल्याउँदै, कसरी गर्ने लगानी ?



काठमाडौं । सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटलले १ अर्बको म्युचुअल फण्ड ल्याउने भएको हो । सेयर बजारमा म्युचुअल फण्डको ल्याउन मर्चेन्ट बैंकरहरुविच होडबाजीनै चलेको छ ।

लगानीकर्तामा म्युचुअल फण्डहरुको आकर्षण बढीरहेको बेला कम्पनीहरुले धमाधम फण्ड ल्याउन थालेका छन । आगामी चैत्र १ गतेदेखी क्यापिटलले फण्ड निष्काशन गर्न लागेको हो । सनराइज क्यापिटलले अर्को ‘सनराइज ब्लूचिप’ म्युचुल फण्ड निष्काशन गर्ने भएको छ । सो फण्ड १० वर्षे बन्दमुखी रहेको छ ।

प्रति इकाई १० रुपैयाँ दरको १ अर्व रुपैयाँ बराबरको १० करोड इकाई फण्ड निष्काशन गर्न लागेको हो । क्यापिलटलले यसअघि सनराइज फस्ट म्युचुअल फण्ड ल्याएको थियो । छिटोमा चैत्र ४ गतेसम्म र ढिलोमा चैत्र १६ गतेसम्मको अवधी राखेर कम्पनीले फण्ड निस्कासन गर्न लागेको छ ।

१ सय इकाई देखी १ करोड इकाईसम्म सर्वसाधारण वा संगठित संस्थाले आवेदन दिन सक्नेछन । क्यापिटलले १५ प्रतिशत इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरेको छ । अरु ८ करोड ५० लाख इकाईभने सर्वसाधारणलाई विक्री गर्ने जनाएको छ ।

कम्पनीले निष्काशन गरेको फण्डमा आश्वा सदस्य बैंक, मेरो सेयर एपबाटसमेत आवेदन दिन सकिनेछ । अहिले बजारमा कुमारी क्यापिटलले पनि १० वर्षे अवधीकै कुमारी इक्वीटि फण्ड निष्काशन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्