अव भारतबाट सजिलै नेपाल इन्भेष्टमेन्ट बैंक मार्फत पैसा पठाउन सकिने, सुरु भयो ‘पैसा पठाउँ’ एप

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंककले भारतमा रहेका नेपालीलाई सहज रुपमा नेपालमा पैसा पठाउन ‘पैसा पठाउँ’ नामक एप सुरु गरेको छ ।

बैंकले भारतमा रहेका नेपालीले आफ्नो मोबाइलबाट पैसा ट्रान्फर गर्न सकिनेगरी एप ल्याएको हो । यो एपमार्फत पैसा पठाउँदा छिटो, सुरक्षित र कम सेवा शुल्कमा पैसा पठाउन सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार भारतमा रहेको आफ्नो बैंक एकाउन्टबाट सजिलै नेपालमा रकम ट्रान्सफर गर्न सक्नेछन् । यो एपमार्फत एक पटकमा ८० हजार पठाउन सकिने बैंकले जनाएको छ । यसरी पैसा पठाउँदा वर्षमा १२ पटक ८० हजार रुपैयाँको दरले पैसा पठाउन सकिने बैंकले जनाएको छ ।