दुई दिन मै ५० प्रतिसतभन्दा बढी विक्री भयो सनराइज ब्लूचिप फण्ड « Arthapath.com
३ चैत्र २०७७, मंगलवार

दुई दिन मै ५० प्रतिसतभन्दा बढी विक्री भयो सनराइज ब्लूचिप फण्ड



काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सन्राइज ब्लूचिप फण्डको दोस्रो दिनमै आधाभन्दा बढी विक्री भैसकेको छ । कम्पनीले मंगलबार एक विज्ञेप्ती जारी गर्दै खुलेको दोस्रो दिनमै ५०.६ प्रतिसत इकाई विक्री भैसकेको जनाएको छ ।

क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ ।

क्यापिटलले चैत्र १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिन छिटोमा बुधबारसम्म ४ गते अर्थात अब दुई दिन बाँकी रहेको क्यापिटलले जनाएको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।

कम्पनीले ल्याएको फण्ड छिटोमा बुधबारसम्म विक्री गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्