पुर्व बैंकर सिटौलाको बैंकिङमा कमव्याक, कृषि विकास बैंकको सिईओ छाडेको २८ महिनापछि प्रभु बैंकको अध्यक्ष « Arthapath.com
३ बैशाख २०७८, शुक्रबार

पुर्व बैंकर सिटौलाको बैंकिङमा कमव्याक, कृषि विकास बैंकको सिईओ छाडेको २८ महिनापछि प्रभु बैंकको अध्यक्ष



काठमाडौं । पुर्व बैंकर तथा कृषि विकास बैंकको पुर्व प्रमुख कार्यकारी अधिकृत लिलाप्रसाद सिटौला २ वर्ष ४ महिनापछि बैंकिङमा फर्किएका छन । १ साताअघि प्रभु बैंक सञ्चालक समितिको सदस्य बनेका सिटौलालाई बैंक अध्यक्षमा चयन गरेको छ ।

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सकिएपछि घरमै बसिरहेका सिटौला पुनः बैंकको अध्यक्ष बनेका छन । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका सिटौला कृषि विकास बैंकको अध्यक्षबाट राजिनामा दिएर सिईओ बनेका थिए ।


बैंक संचालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला नियुक्त भएका छन । हिजो बसेको बैंक संचालक समितिको बैठकले स्वतन्त्र सञ्चालक रहेका सिटौलालाई अध्यक्षमा चयन गर्ने निर्णय कम्पनिले जनाएके छ ।

सिटौला यसअघि कृषि विकास बैंककमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । उनी २०७१ साल मंसिर २८ देखि २०७५ साल मंसिर २७ गतेसम्म कार्यरत थिए । उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । सिटौलाले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।

सिटौलालाई चैत २३ गतेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक चयन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्