सिटिजन्स बैंकको नाफामा छलाङ, ४१ प्रतिसत बढ्यो, ९ महिनामा १ अर्व ५४ करोड कमायो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिले चालु आवको ९ महिनामा १ अर्व ५४ करोड नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीको तुलनामा ४१ प्रतिसत नाफा बढाउन सफल भएको छ ।
बैंकले नाफामा छलाङ मारेको छ । पछिल्लो समय लगानीमा उल्लेख्य प्रगती गरेको सिटिजन्स बैंकले सबैभन्दा पहिले वित्तिय विवरण आज प्रकाशित गरेको हो । बैंकको नाफा बढेसंगै प्रतिसेयरमा पनि सुधार देखिएको छ ।
बैंकले यस चालु आवको चैत्र मसान्तसम्ममा १ अर्ब ५४ करोड खुद नाफा कमाउन सफल भएको छ । बैंकले सो नाफा फि कमिशन तथा डिस्काउण्ट आय र गैर सञ्चालन आम्दानी पनि बढाएको छ । बैंकको वितरणयोग्य मुनाफा २२७.५८ प्रतिशत बढेर १ अर्ब ३४ करोड ६२ लाख पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८५ पैसा बढेर २० रुपैयाँ ७२ पैसा पुगेको छ । बैंकको नेटवर्थ १ रुपैयाँ १० पैसा बढेर १४६ रुपैयाँ ८७ पैसा पुगेको छ ।