४८ हजार ५ सयले पाए पुर्नकर्जा, ७७ हजारले लिए सहुलियतपुर्ण कर्जा: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको कारण राष्ट्र बैंकले प्रवाह गरेको पुर्नकर्जामा उल्लेख्य सहभागीता रहेको बताएका छन ।
नेपाल राष्ट्र बैंकको ६६ औं वार्षिकोत्सवको अवसरमा बोल्दै गभर्नर अधिकारीले कोरोनाको दोस्रो भेरियन्टले अर्थतन्त्रमा अझै संकट ल्याउने बताए । कोरोनाले अर्थतन्त्रमा अषर गरेको र आगामी दिनमा अझै संकट आउने बताएका छन ।
गभर्नर अधिकारीले कोरोनाले देशमा आइपरेको वित्तिय संकट टार्न राज्यले भर मग्दुर सहयोग गरेको बताए । गभर्नर अधिकारीले भने कोरोना कहरका विचमा पनि सेयर बजारमा सर्वसाधारणको विश्वास बढेको बताए ।
गभर्नर अधिकारीले हालसम्म ४८ हजार ५ सय ५० जना कोरोना पिडितले ४२ अर्व १७ करोड पुर्नकर्जा वितरण भएको बताए । त्यसैगरी राज्यले कोरोना प्रभावित ७७ हजार १९६ जनाको लागी सहुलियतपुर्ण कर्जा वितरण भएको बताए ।
त्यसैगरी सरकारले १८ अर्वको कृषि ऋणपत्र निष्काषनको प्रक्रियामा रहेको अधिकारीले बताए । हाल देशभर ४ स्थानिय तहमा बाणिज्य बैंकको शाखा खुल्न बाँकी रहेको पनि गभर्नर अधिकारीले बताए ।
अर्को प्रसंगमा गभर्नर अधिकारीले कोरोनाको दोस्रो चरण सुरु भैसकेकोले सावधानी अपनाएर विद्युतिय माध्यामबाट बैंकिङ सेवा दिन गभर्नर अधिकारीले बैंकरहरुलाई आग्रह गरेका छन ।