नेपाल इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच रेमिटेन्स सम्झौता, जापानबाट सिभै पैसा पठाउन सकिने « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

नेपाल इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच रेमिटेन्स सम्झौता, जापानबाट सिभै पैसा पठाउन सकिने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच रेमिटेन्स कारोबार गर्ने सम्झौता भएको छ । यो सम्झौतापछि जापानमा बसेका नेपालीले डिजिटल वालेटको स्माइल मोबाइल रेमिटेन्स एप प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् ।

स्माइल मोबाइल रेमिटेन्समार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालको कुनै पनि बैंकको खातामा तुरुन्तै जम्मा हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरमा समेत रकम पाइने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्