राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठसहित ६८ जनामा कोरोना संक्रमण, कस्तो छ स्वास्थ्य अवस्था ? « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठसहित ६८ जनामा कोरोना संक्रमण, कस्तो छ स्वास्थ्य अवस्था ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई ८ दिन अघि कोरोना संक्रमण पुष्टि भएको हो । हाल श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।

दुई–तीन दिनमा उनको दोस्रो पटक कोरोना परिक्षण गरीने र नेगेटिभ आउने आशा गरिएको छ । बुधबारसम्म राष्ट्रिय वाणिज्य बैंकका देशभरिका विभिन्न शाखाका ६८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भईसकेको बैंकले जनाएको छ । हाल सीईओ श्रेष्ठसहित संक्रमित कर्मचारीहरु होम आइसोलेसनमा बसेका छन् ।


प्रतिक्रिया दिनुहोस्