कोरोनाको उच्च जोखिममा बैंकका कर्मचारी, माछापुच्छ्रे बैंकको पुर्व सीईओ श्रेष्ठको ज्यान गयो « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

कोरोनाको उच्च जोखिममा बैंकका कर्मचारी, माछापुच्छ्रे बैंकको पुर्व सीईओ श्रेष्ठको ज्यान गयो



काठमाडौं । कोरोनाको कारण माछापुच्छ्रे बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको ज्यान गएको छ । श्रेष्ठको बुधबार बिहान ११ बजे निधन भएको हो ।

कोरोनाका कारण उनको निधन भएको हो । तात्कालिन ग्रिनलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए । ग्लोवल आइएमई बैंक एनआइसी एसिया बैंकलगायतका काम गरेका श्रेष्ठ विगत साँडे २ वर्षदेखी घरमै थिए ।

त्यसैगरी कोरोनाको कारण नविल बैंकमा कार्यरत एक महिला कर्मचारीको पनि निधन भएको छ । बैंकको कुमारीपाटी शाखामा कार्यरत एक महिलाको निधन भएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्