५० हजार रुपैयाँ भन्दा कम रकम झिक्न नदिने बैंकलाई कारवाही हुन्छः गभर्नर अधिकारी

काठमाडौं । बैंकहरूले ५० हजार रूपैयाँभन्दा कम पैसा निकाल्न पनि बन्देज लगाएकाे जनगुसानाे सामाजिक सञ्जालमा फैलिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले त्यस्ताे गरेकाे पाइए कारबाही गर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल (ट्विटर) मार्फत् यस्ताे जवाफ दिएका हुन् ।
यसअघि नेपाल बैंकर्स संघले काेराेना महामारीका बेला बैंकमा भीड घटाउन भन्दै ५० हजार रूपैयाँभन्दा कम निक्षेप जम्मा गर्न बैंक नजान सर्वसाधारणलाइ अनुराेध गरेकाे थियाे । यद्यपि कतिपय बैंकका कर्मचारीले यही निर्णयलाइ देखाएर साना रकमकाे चेक नसाट्ने गरेकाे गुनासाे सामाजिक सञ्जालमा फैलिएकाे छ ।
यदि कुनै बैंकले त्यस्तो गरेमा राष्ट्र बैंकको गुनासो पोर्टलमा स्पष्ट रुपमा आयो भने कारवाही गर्न सजिलो हुने उनले बताए । उनले ट्वीटमा लेखेका छन्, “ससानो रकम झिक्न नपाउने भन्ने बिषय हुदै होईन । यस्तो निर्देशन हुने कुरा पनि भएन र गरिएको पनि छैन। कुन बैंकको कुन शाखाबाट यस्तो ब्यबहार भएको हो, स्पष्ट जानकारी NRB grievance portal मा वा यहि पाए पनि हामीलाई कारवाहीको लागी सहज हुने थियो । ब्यबहारिक समस्या ध्यानाकर्र्षणकोलागी धन्यवाद ।”