एनएमबि बैंकको २० लाख इकाई ऋणपत्र बाँडफाँड « Arthapath.com
१२ जेष्ठ २०७८, बुधबार

एनएमबि बैंकको २० लाख इकाई ऋणपत्र बाँडफाँड



काठमाडौं । एनएमबि बैंकको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले मंगलबार जेठ ११ गतेका दिन बाँडफाँड गरिएको जनाएको हो । नएमबि बैंकको जेठ २ गतेदेखि जेठ ६ गतेसम्म बिक्रीमा ल्याएको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड गरिएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गरेको थियो । एनएमबि बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा २ अर्ब बराबरको १० वर्षे अवधिको ऋणपत्र विक्री गरेको हो । बैंकले ‘एनएमबि ऋणपत्र ८.५–२०८७÷८८’ नामको ऋणपत्र विक्री गरेको हो ।

प्रतिकित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिएको हो । सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता बाँडफाँड गरिएको बैंकले जनाएको छ । उक्त ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्