मेरो माइक्रोफाइनान्सको ६१ हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, यसरि दिनुहोस आवेदन ? « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

मेरो माइक्रोफाइनान्सको ६१ हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, यसरि दिनुहोस आवेदन ?



काठमाडौं । मेरो माइक्रोफाइनान्स कम्पनिको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ ह्जार २ सय ७८ कित्ता संस्थापक सेयरमा इच्छुक लगानिकर्ताले आजसम्म आवेदन दिन सक्ने छन ।

इच्छुक लगानीकर्ताले आज कार्यालय समयसम्म न्युनतयम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् कम्पनिले जनाएको छ । सेयरको न्युनतम मूल्य ६ सय २६ रूपैयाँ तोकिएको छ ।

कम्पनिले मेरो माइक्रोफाइनान्सको ६१ हजार २ सय ७८ कित्ता कित्ता संस्थापक समूहको सेयरहरू वैशाख ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । उक्त सेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

609dfb485f36c.jpeg


प्रतिक्रिया दिनुहोस्